• १ असार २०७८, मंगलवार

राप्रपा अध्यक्ष प्रकाश चन्द्र लोहनी दाङ आउदै

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष डा.प्रकाश चन्द्र लोहनी दाङ आउदै छन् । प्रजातन्त्र दिवसको अवसरमा फाल्गुन ७ गते घोराहीमा हुने पार्टी समायोजन, पार्टीको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण कार्यक्रममा सरिक हुने कार्यक्रम रहेको राप्रवाका जिल्ला सहअध्यक्ष हंशराज केसीले जानकारी दिए । साथै लोहनीले समायोजित जिल्ला कमिटी लाई निर्देशन दिन पनि दाङ्ग आउन जिल्ला सहअध्यक्ष केसीले […]

केपी शर्मा ओली सर्वसत्तावादको फासिस्ट : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नै पार्टीको कमजोरीले गर्दा केपी शर्मा ओली सर्वसत्तावादको फासिस्ट रुपको प्रधानमन्त्री हुन थालेको बताएका छन्। उनले काँग्रेसले प्रतिपक्षको भूमिका प्रभावकारी खेल्न नसक्दा देशको कार्यकारी प्रमुखले अदालतमाथि धम्की दिने र निर्वाचन आफ्नो पक्षमा पार्न र्निलज्जा र निसङ्कोच अभिव्यक्ति दिने गरेको जिकिर गरे। प्रधानमन्त्री ओलीले शनिबार विराटनगरमा आयोजित सभामा सर्वोच्च अदालतबाट […]

समानान्तर सत्ता सञ्चालन गर्न खोजेपछि संसद भंग गरेँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका केही नेताहरुले समानान्तर सत्ता सञ्चालनको अभ्यास गर्न खोजेपछि प्रतिनिधिसभा विघटन गर्नु परेको बताएका छन् । पार्टीभित्रका केही नेताहरुको अतिरिक्त आकांक्षाको बाछिटा संसदमा नपरोस् भनेर आफूले प्रयास गरेको भए पनि सफल नभएको उनले सुनाए । आफ्नो नेतृत्वको सरकार गठन भएको तीन वर्ष पुगेको दिन सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुरुदेखि नै […]

सरकारले भन्यो-नेपालमा सलहको नयाँ झुण्ड पस्न सक्छन्

नेपालमा सलहको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना बढेको छ । भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया आसपासका क्षेत्रमा रहेका २ वटा सलहका झुण्डहरु छन् । यी झुण्ड करिब १५० हेक्टर क्षेत्रफलमा फैलिएको प्लान्ट क्वरिन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र अन्तर्गत रहेको सूचना केन्द्रले जनाएको छ । हावाको बहावसँगै सलहको झुण्ड पूर्वतर्फ वाराणसी हुँदै […]

नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण रोक्ने निर्णय

विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए । भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरन्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा […]