• ३० बैशाख २०७८, बिहीबार

जापान जान चहानेले बुझ्नै पर्ने कुरा!

🖋️नबराज भुसाल
Moonlight language center ghorahi -15 Bharatpur dang                                                                                                 नमस्ते ! सबै जनालाई ।
COE आयर बस्नु भएका साथिहरुलाई मेरो सानो अनुभूति सेयर गर्ने जमर्को गरेको छु ।

जापान apply गरे देखि जापान चाडै पुग्न पाऊँ , पुगियोस भन्ने सपना हिजो मेरो पनि थियो आज तपाईहरुको पनि छ र यो सबैमा हुने कुरा पनि हो ! किनकी जापान गएर धेरै पैसा कमाउने आफुले चाहेको कुरा पुरा सबैको चाहाना हो । तर अहिलेको परिस्थितिमा तपाई अहिले जसरी आत्तिनु भएको छ । जती पिडा नेपालमा COE हातमा लिएर कुरेर बस्नु भएको छ त्यो भन्दा कयौ गुणा पिडा जापान आएपछि नयाँ साथीहरुले भोग्नु पर्छ ।
किन ?

जापान नेपाल भन्दा १० गुणा महँगो देश हो यहाँ बस्न खाना दैनिक जीवनका सबै सामान नेपाल संग तुलना गर्ने हो भने १० गुणा बढ़ी महँगो छ ! नेपालमा जस्तो आफ्नो सामान्य खर्चमा जीवन चल्दैछ ।

अहिले कोरोनाले गर्दा जापानीज आफै बेरोजगार छन , हामीले गर्ने ( यामातो ,वेन्तो , कम्बिनी , सुपामा )पहिले धेरै जसो विदेशी हुन्थे भने अहिले प्रायः जापानीज नै छन ! भाषा भएका मान्छेलाई पनि काम पाउन मुस्किल छ !

पहिले प्रायः पसल/कम्पनीमा १/२ जनादेखि १०-१५ जना सम्म कामदारको माँगको पोस्टरहरु टासिएको हुन्थे अहिले सबै तिर शून्य स्थिति छ ! कहीँ कहीँ देखे पनि विदेशीलाई काम छैन भनिदिन्छन । त्यसैले नयाँ साथीहरु जापान आउन हतार गर्नु हुन्छ भने पहिले भन्दा १० गुणा पिडा हुन्छ भन्ने कुरा दिमाखमा राखेर आउदा हुन्छ ।

हामी जापान नआउने त ?
हैन जापान आउनुस अझ सबै जना एक चोटी जापान आउनु पर्छ , संस्कार सिक्न भएपनि आउनुस नै भन्छु । जापान एक जिम्मेवार देश हो आफुले गरेको निर्णयलाई फेर बदल गरि भोली कोहीलाई पनि नल्याउने जस्ता गैरजिम्मेवार काम गर्ने छैन ।
हिजोबाट नै विभिन्न प्रकियाहरु चाल्दै आएको छ ! जस्तै COE म्याद ३ महीनाबाट ६ महीना , नेपाल मै भएपनि visa थपीदिने जस्ता कदम सकारात्मक काम हुन !

के_गर्दा_ठीक_त ???
अहिलेको अवस्थामा नआत्तिकन भाषा राम्रो बनाउनुस ,समाचारहरु आइरहेका छन बुझ्नुस, जापानिज राजदूतावासको सूचनाहरु हेर्नुस

भाषा कसरी जान्ने ?भाषा कहाँ सम्म जान्ने? 
YouTube हेर्नुस जापानिज भाषामा विदेशीहरूले पनि बोलेका भिड़ीयो पाइन्छन , त्यहाँ भनेको बोलेको कुरा कतीको बूझिन्छ? तेसलाई बुझ्ने प्रयास गर्ने । हो ! भाषा कहाँ सम्म पढ़ने , नपढ़ने कुनै निश्चित बिन्दु छैन ।भोली कोरोना पछि जापान आएर पनि अवस्था फु – मन्तर हुने हैन ! अवस्था फेरिन केही समय लाग्छ आफु सक्षम भैइयन ,भाषा जानिएन भने भोली काम नपाएर पुर्पुरो ठोकेर जापान बेक्कार दशा लागेर आइछु भन्ने कारण नै तेही हुन्छ ।

यदाकता साथीहरुको कमेन्ट पनि देखिन्छ नि जापान नआउ ।कारण त्यहि नै हो ! भाषा जान्ने बुझ्ने भए अवसर जापानमा धेरै छ, टाउको ठोक्ने दिन आउने छैन ।यदि नेपाल बसेर पनि जापानको कलेजले पैसा काट्छ भन्ने कुरा सही हो भने यो चै सम्बन्धित निकायले पहल गरेर समस्याको समाधान गर्नु पर्छ र गर्न अपिल गर्छु ! नत्र अहिलेको अवस्थामा जापान आएर मुटु दुखाउनु भन्दा नेपाल बसेर टाउको दुखाउनु नै उत्तम छ ।

यो लेख मैले आफ्नो बिचार लेखेको हुँ मैले देखेको , भोगेको कुरालाई समेट्ने प्रयास मात्र हो। सबैलाई चित्त नबुझ्न पनि सक्छ धन्यवाद !
हाल नेपाल !

Facebook Comments Box

चौरजहारी नगरपालिका

 चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कर्णाली प्रदेश, रुकुम (पश्चिम)

यो पनि हेर्नुहोस