• ३० बैशाख २०७८, बिहीबार

विप्लव सरकार वार्ता :सुत्राधार संगको संवाद

 

विप्लव र सरकार बिचको वार्ता नेपाली जनताको शान्तिको लागि एतिहासिक कदम हो । त्यसो हो भने वार्ताको सम्पूर्ण प्रबन्ध मिलाउने, सुत्र जोडने र सफलताको लागि अहोरात्र खटने गृहमन्त्रीका विश्वासपात्र सल्यान जिल्लामा जन्मनु भएका पुर्व जनमुक्ती सेनाका डिभिजन भि.सी. नेप बहादुर कवंर (कमरेड बिबेक) र विप्लव अनि उदय बहादुर चलाउनेका विश्वास पात्र तिलक पुन यो बखतमा सर्वाधिक सम्मान गरिनुपर्ने पात्र हुन । उहाँहरु दुईजना मध्य बार्ता प्रकृयाका सुत्राधार गृहमन्त्रीका विश्वास पात्र आदरणीय व्यक्तित्व बिबेक सँग हामीले पर्दा पछाडिका अनुभूतिहरु बारे कुराकानी गर्ने जमर्काे गरेका छौँ । प्रस्तुत छ रुकुम अपडेटका कार्यकारी सम्पादक डिल्ली राज शर्माले उहासँग गरेको संवादको सम्पादित अंश ।

सर्वप्रथम हार्दिक बधाई ज्ञापन गर्न चाहान्छौ । आगामि दिनमा नेपाली जनताको पक्षमा अझ ठुला ठुला जिम्मेवारीहरु निर्वाह गर्नु हनेछ भन्ने शुभकामना सहति रुकुम अपडेटको विशेष सम्बादमा यहालाई स्वागत छ।

धन्यवाद ।

सरकार र विप्लव बिचको वार्ताको वातावरण निर्माण प्रक्रियामा सम्पुर्ण बन्दोवस्त यहाँले गर्नु भएको रहस्य खुल्यो, वार्ता पनि सफल भयो, कस्तो महसुस गर्नु भएको छ ?

 जिम्मेवारी बोध र गौरव महसुस भएको छ । राज्यले प्रतिबन्ध गरेको विद्राही समुहलाई वार्ता र संवादमा ल्याउनु चानचुने कुरा थिएन । यो प्रक्रियामा सहि अवतरण गराइयो । खुशी लागेको छ ।

वार्ता त सफल भयो, अब यसको इमान्दारी पूर्ण कार्यान्वयनमा कतिको विश्वस्त हुनुहुन्छ ?

 राजनिति भनेको सम्भावनाको खेल हुँदो रहेछ, सम्भावनाको खेल मात्रै नभएर कुटनितिक चातुर्यताको कुरा पनि हुँदो रहेछ ,बार्तालाई ट्याक्टिसको रुपमा पनि प्रयोग गर्छन । चाहे राज्य पक्षको कुरा होस या विद्रोही पक्ष दुवैले वर्तमान राष्ट्रिय समस्याको समाधान गर्ने कोणबाट अझ भनौँ राष्ट्र र जनताको हितलाई ध्यानमा राखेर हेरे भने पक्कै पनि सफल हुन्छ । छलछामको रुपमा मात्र प्रयोग भयो भने सफल नहुन पनि सक्छ । मलाई जहाँसम्म विश्वास छ सफल हुन्छ ।

वर्तमान सरकारलाई दलालहरुको अखडा घोषणा गरेका विप्लव र एकिकृत जनक्रान्तिलाई उग्रबादी भडकाव र आतंककारी गतिबिधि घोषणा गरेको सरकार एकाएक वार्तामा किन आउनु परेको होला ?

 सरकारले शान्ति, अमनचयन र जनताको जिउ धनको रक्षा गर्ने ग्यारेन्टी लिएको हुन्छ । जनता असुरक्षित भए या भनौँ शान्ती सुरक्षामा खलल पुग्यो भने त्यसलाई नियन्त्रण गर्न, त्यसको विरुद्धमा कारवाही गर्ने राज्यको दायित्व हो । राज्यले दमन गरेपछि विद्राहीहरुले प्रतिवाद गर्नु पनि स्वाभाविक छ । हामीले देख्यौ दस वर्षको जनयुद्ध पनि वार्ता प्रक्रियाबाटै सफल भयो । वर्तमान राष्ट्रिय आवश्यकताले वार्ताको नजिक पु¥यायो ।

वार्ताको संयोजन गर्न कसरी सम्भव भयो ? पक्कै नेपाली जनता उत्सुक हुनुहुन्छ पर्दा पछाडिका दृश्यहरु वताइ दिनुस न ?

 सबैलाई जिज्ञासाको विषय पनि बनेको छ । प्रतिवन्धित मान्छेहरुलाई सहजै भेटेर कुराकानी गर्न पनि सम्भव थिएन । मिडियामा हेर्दा र दुइ तिन दिनमै चमत्कार भएको जस्तो देखिन्छ तर यसको पछाडि लामो प्रक्रिया जोडियको छ । यो प्रकृयाको थालनी गरेर यहाँ सम्म आइपुग्न तीन चार महिना लागेको छ । खुशीको कुरा त के भने यो मिडियालाईसम्म लुकाएर राख्न सकियो । गृहमन्त्रीले मलाई यो विश्वास गरेर यो जिम्मा दिनु भयो तर उहाँले विश्वास गरेको पात्र ‘म’ भने नपत्याउदो परें । धेरैले पत्याएनन त्यस कारण पनि गोप्य राख्न सजिलो भयो ।

मंसिर दोस्रो साता गृहमन्त्रीले मलाई बोलाउनु भयो र सोध्नु भयो “विप्लव ज्यूहरु वार्तामा आउन इच्छुक हो होइन ? “मैले जवाफ दिए सुत्र प्रयोग गरेर बुझ्न पर्छ, सकिन्छ होला । “यो तपाइलाई महत्वपुर्ण जिम्मेवारी भयो ल लाग्नुस” भनेर गृहमन्त्री जानु भयो । मेरो एकजना साथी हुनुहुन्थ्यो दाङका तिलक पुन, उहाँ भूमिगत हुनहुन्थेन बाहिरै हुनुहुन्थ्यो । उहाँ मार्फत नै उदय बहादुर चलाउने कहाँ पुगेँ । उहाँसग कुरा भएपछि सम्पुर्ण वार्ताको वातावरण मिल्यो ।

विद्रोही पक्षतिर बाट वार्ताको वातावरण बनाउन तिलक पुनको भूमिका छ भन्नु भयो उहाँलाई कसरी स्मरण गर्नु हुन्छ ?

 यो बेलामा मैले सर्वाधिक स्मरण गर्नु पर्ने र आभार प्रकट गर्नु पर्ने व्यक्ति तिलक जी हुनुहुन्छ । मान्छे इमान्दार र विश्वासिलो नै हुनुहुन्थ्यो त्यसकै परिणाम स्वरुप यहाँसम्म पुग्न सकियो । उहाँले नै हेडक्वाटर सम्म पुग्ने वातावरण मिलाइ दिनु भयो । यो प्रक्रियाको एउटा हिसा उहाँ पनि हो, हार्दिक आभार व्यक्त गर्दछु ।

केपि नेतृत्वको नेकपा र विप्लव नेतृत्वको नेकपा बिचको सम्बन्ध कसरी अघि बढला?

 शान्ती प्रक्रियामा उहाँहरु आउदा तीन बुदे सहमति भएको छ । यो सम्बन्ध त्यही तीन बुदे सहमतिको कार्यान्वयनमा निर्भर रहन्छ ।

नेपालको तत्कालीन वर्तमान राजनिती असाध्य अस्थिर भएको यो अवस्थामा विद्रही ने.क.पा सँग भएको वार्ताले नेपालको राजनितीक स्थिरतालाई कसरी परिभाषीत गर्छ?

 यो महत्वपूर्ण प्रश्न हो । मान्छेलाई कौतुहलता छ, शंका पनि छ । सरकार संचालन गरिरहेको पार्टी फुटेकै बेला यो व्यवस्थालाई नै नमान्ने विद्रोही पार्टी वार्तामा आउँदा के प्रलोभनमा आयो भन्ने त सबैलाई लागेको होला तर सबै बाम पार्टी भित्रका नयाँ पुस्ताले आट गरेको बखतमा अझ उन्नत राजनितिक व्यवस्थाका लागि एउटा ध्रुविकरणको सम्भावना चाहिँ म देख्छु ।

अन्तयमा केही भन्न चहानुहुन्छ ?

 राज्यले सुम्पीएको एउटा जिम्मेवारी पुरा गरे । आफ्नो तर्फबाट राष्ट्रलाई सानो योगदान गर्न पाए, खुशी छु । अझै पनि मेरा काधमा आएका सबै जिम्मेवारीहरु इमान्दारीताका साथ पुरा प्रतिवद्धता व्यक्त गर्दछु । यो प्रक्रियामा सहयोग गर्ने सबैलाई धेरै धन्यवाद व्यक्त गर्दछु ।

 

Facebook Comments Box

चौरजहारी नगरपालिका

 चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कर्णाली प्रदेश, रुकुम (पश्चिम)

यो पनि हेर्नुहोस