• ३० बैशाख २०७८, बिहीबार

‘मरेको होइन, ढलेको हो ; माओवादी केन्द्र फेरि उठने छ ‘!

-सिद्धान्त पण्डित                   नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको रबर चुडिएर दुई टुक्रा भएको छ ।एमाले नामको टुक्रालाई भन्नु केही छैन ,माओवादी केन्द्र नामको कुट्कोलाई त भन्नै पर्ने भएको छ ।किनभने यो टुक्रा संग नेपाली जनताको बलिदानी ,आशा र भारोसा जोडियको थियो ।                                                            यो पार्टि टुक्रैबाट भिमकाय पहाड बनेको थियो कुनै बेला ,फेरि टुक्राकै गन्तव्यमा उभिएको छ ।त्यसका अनेकौँ कारण त होलान तर मुलभुत कारण पार्टी र नेतृत्वले आफ्नो खास शक्तिको स्रोत बिर्सिनु हो । अघि नै भनियो टुक्राबाट पहाड बनेको शक्ति हो यो कुनै बेला ।त्यो कुन तत्व होला जसले एउटा टुक्रालाई पहाड बनायो ? दिमागलाई दुख दिनै पर्दैन जनताको मुद्दा ,जन सम्बन्ध , क्रान्तिकारी प्रबृत्ती, अनुशासित पार्टी र आशा लाग्दो नेतृत्व ।

शक्तिको स्रोत जनता हो ,यो हामिले मार्क्सवाद कण्ठस्थ पारेका नेतालाई किन भनिरहनु पर्यो र ?हो तिमिले शक्तिको त्यही अजम्बरी स्रोत जनता भुल्यौ ।तिमिले जनतालाई देखाएको सपना भुल्यौ,त्यो सपनाका लागि बलिदान गरेको सहिद भुल्यौ ।गोलिको पिलो बोकेको घाइते भुल्यौ ।भुल्नै नहुने भुले पछि अरु त के-के भुल्यौ ,भुल्यौ । तिमिमा एउटा भ्रम थियो शक्तिशाली हुनु भनेको भिड जम्मा गर्नु हो ।भिड का लागि काँग्रेस र एमाले पनि बन्यौ ।तर ! सत्य तिमिले बंगाउन सक्ने कुनै लचिलो बस्तु थियन ।यो त आफ्नै प्रतिवद्दतामा उभियको कठोर कुरा थियो ।

आजको धरातलले खास उचाइ के हो ?भन्ने बोध त पक्कै गराएको होला । खास उचाई भिड हो या जनता प्रतिको उत्तरदायित्व ?जनता संगको सम्बन्ध,जनताका मुद्दा  ,योगदानको कदर ,अनुशासन र मर्यादित संगठन ? यी भेदहरु पक्कै थाहा लागेका होलान ।

गन्थन छोडौँ ! यो पंक्तिको उदेश्य माओवादी केन्द्र फेरि उठन सक्ने तरिका र आधारहरु प्रस्तुत गर्ने हो ,लागौँ उदेश्यतिर :

– मान्छेहरुको हुल मात्रै पार्टी होइन । पार्टि नाम पाउने पहिलो आधार राजनितिक मुद्दा हो ।उठान गरेको मुद्दाले जनताको भावनाको प्रतिनिधित्व गर्न सकेको बखत मात्रै दिर्घ भबिश्य हुन्छ । मुद्दा छनौट पद्धतिमा जनता,बौद्दिक समुदाय ,कार्यकर्ता र नेता सबैको भुमिकालाई सुनिश्चित गरिनुपर्छ ।

-मुद्दा तयार गरेर मात्रै हुदैन ।त्यो मुद्दाको अगुवाई गर्ने नेतृत्व आम जनता र कार्यकर्ताले बिश्वास /भरोसा गर्ने हुनुपर्छ ।पार्टिको मुख्य नेतृत्वको लागि केन्द्रीय समितिले र अन्य जिल्ला /प्रदेश स्तरका नेतृत्वका लागि सोही स्तरको समितिले अघि सारेका उम्मेदवारहरुलाई कार्यकर्ता र जनताबाट निर्वाचित हुने प्रबन्ध मिलाउँ ,निर्वाचन अंकको मेरिट अनुसार जिम्मेवारी दिउँ । नेतृत्वलाई आबधिक गरौँ र राइट टु रिजेक्ट र रिकल पार्टी आन्तरिक जीवनमा लागू गरौँ ।राजनितिमा एउटा समयपछि अवकाश लिनैपर्ने र अवकाश प्राप्त नेतृत्वलाई थिङ्क ट्याङ्कको रुपमा योगदान गर्ने अवसर दिउँ ।सम्मानित क्षेत्रमा सिफारिस गरौँ ,जस्तो प्रतिष्ठानहरु,कोषहरु आदि…

-पार्टी नीति र अनुशासनलाई बहु – आयमिक बनाइनुपर्छ ।यो भित्र नेता कार्यकर्ताको आर्थिक जीवन ,समाजिक व्यवहार ,मुल्यांकन पद्दती र नेतृत्व छनौट विधि जस्ता पक्षहरु समेटिनुपर्छ ।नेता कार्यकर्ताको आर्थिक जीवनलाई नियन्त्रीत राखिनुपर्छ । समाजिक जीवनलाई मर्यादित बनाइनुपर्छ र मुल्यांकन पद्धतिमा अनुशासन आचार संहिताको परिपालन,कार्यसम्पादन र क्षमता प्रदर्शनका आधारमा अंक प्राप्त गर्ने र त्यै अंकले कार्वाही वा बढुवाको ढोका खुल्ने बाताबरण बनाइनुपर्छ ।

-नेतृत्व र जनताबिचको सम्बन्ध प्रगाढ हुन सकेन भने सहि मुद्दा र असल नेतृत्व पनि कुनामा थुप्रीन सक्छ । जन-सम्बन्ध तीन कुराले फैसला गर्छ सेवा,संघर्ष र संगठन।तसर्थ जनताको पिडामा सेवाको मल्हम ,जनताका समस्यामा संघर्ष द्वारा समाधान र जनतालाई सांगठनिकरण गर्न सक्नुपर्दछ ।नीति र अनुशासनलाई कार्यक्रमले अभिव्यक्त गर्नुपर्छ ।कार्यक्रमहरुको केन्द्र सेवा,संगठन र संघर्ष बनाइनुपर्छ ।

यी त भए नितिगत कुरा ।तत्काल पार्टिले एउटा भाइब दिनुपर्छ । नत्र कागजमा लेख्ने र माइकमा भट्याउनेहरुको कमि त कहाँ हो र हामिलाई ?तसर्थ निम्न प्राबिधिक कार्यक्रम तत्काल चलाउनुपर्दछ :

– पुर्व माओवादीहरु र अग्रगामी शक्तिहरु बिचमा साझा मुद्दा ,मोर्चा र पार्टी एकता का लागि फोरमहरु संचालन गर्ने ।

– बढिमा ६ महिना भित्र समीक्षा भेला ,वा महाधिवेशनको घोषणा गर्ने र पार्टी महाधिवेशन पछि अध्यक्ष प्रचण्डले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरौँ ।

-आफ्नो र परिवारको नामबाट नेता कार्यकर्ताले निश्चित प्रतिशत सम्पती पार्टिको नाममा योगदान गर्नै पर्ने नीति बनायर केही महिना भित्रै योगदान गरिसक्ने ।
-त्यो योगदानबाट जम्मा हुन आउने रकम सहिद सन्ततिको शिक्षा,घाइतेको उपचार ,जनमुक्ती सेनालाई राहत ,कार्यकर्ताको क्षमता अभिबृद्दी आदिमा खर्च गर्ने पार्टी आन्तरिक जीवन कल्याण कोष बनाउने ।त्यसलाई नीति अनुसार तत्काल बितरण सुरु गर्ने !

-पार्टिले संसदिय चुनाबमा बिजय प्राप्त गरेका जिल्ला तथा स्थानिय तहहरुमा नमुना काम गर्नुपर्छ ।कम्तिमा रुकुम जति गर्नैपर्छ ।प्रभाकरबाट सिक्नुपर्छ ,उनिसंग पक्कै केही छ, त्यही त रुकुम जिल्ला आज पनि बलियो छ ।

-संसदिय व्यवस्थाको छिनाझम्टी जस्तो देखिन गएका हालसम्मका कार्यक्रम र व्यवहारमा पश्चाताप गर्दै जनताको बिचमा माफी माग्ने र आफ्नो आगामी गन्तव्य स्पष्टसंग जनताको बिचमा राख्ने ।

-पार्टी अब कता तिर उन्मुख हुने हो त्यसको नितिगत घोषणा गर्ने ,त्यही अनुसारका कार्यक्रम ठोस गर्ने र जनताको बिचमा त्यो सपनालाई पुर्याउने ।

-कार्यकर्ता,युवा पुस्ता र दोस्रो लेयरका नेताहरुले जनमुखी पार्टी निर्माणका लागि निरन्तर दबाब र संघर्ष गर्ने ।

-कार्यकर्ताहरुका लागि मार्क्सवादी स्कुल संचालन गर्ने ।र कार्यकर्ताको अध्यनलाई नियमित र अनुशासनको पाटो नै बनाउने ।

यो झिनो सुझाब हो, बाध्यकारी अस्त्र होइन ।अबलम्बन गरे भलो होला नत्र तिमी बढारिदा आकाशै खस्ने त होइन, हाम्रो लगाब ,पसिना र रगत यहि आन्दोलनमा पोखिएको छ ,सल्लाह सुझाव हाम्रो दायित्व त्यही पूरा गरेको छु ।धन्यवाद !


यी बिचारहरु लेखकका निजि बिचार हुन,कुनै पनि प्रश्नको जवाफदेही पत्रीका परिवार हुनेछैन ।

 

Facebook Comments Box

चौरजहारी नगरपालिका

 चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कर्णाली प्रदेश, रुकुम (पश्चिम)

यो पनि हेर्नुहोस