• ३० बैशाख २०७८, बिहीबार

न्याय माग्ने सडकको आवाज हो यो ।

 सारा सज्जनबृंद !_
रुकुम अपडेट अनलाईन पत्रीका संचालनको औपचारिक घोषणा व्यक्तव्य मार्फत तपाँइहरुलाई अभिवादन गर्न पाउँदा असाध्य खुशी छौँ ।

               आवाजको कमि छैन संसारमा ।पैशा, शक्ति र भिडको आवाज त झन कर्कशपुर्ण छदैछ ।तर गरिब किसानका कथा, उत्पीडित मजदुरका ब्यथा।बलात्कृत चेलिका चीत्कार अनि न्याय माग्ने सडकका आवाज मुखरित गर्ने साधनको खाँचो हो । हामी रुकुम अपडेट अपडेट मार्फत त्यही खाँचो पूरा गर्न उपस्थित भएका छौँ ।

खबर मात्रै होइन बिचार पनि ,बिचार मात्रै होइन ज्ञान पनि ,ज्ञान मात्रै होइन मनोरञ्जन पनि,मनोरञ्जन मात्रै होइन जनताका गुनासो समेत हामी पस्कने छौँ ।हामिले रुकुमेली व्यापारलाई संसार संग जोड्न डिजिटल बजार रुकुमको अवधारणा यसै संग लिएका छौँ,रुकुमेली बजारको नुन देखि सुन त्यो प्लेटफर्ममा भेटिने छ ।यो अझ व्यवस्थित हुँदै जानेछ ।

             यो प्रकृयामा सहयोगको उर्जा प्रदान गर्ने मित्रहरु कुलराज पोखरेल ,निरज गिरी,पुर्ण कार्की,सन्तोष बाबू खडका ,बिष्णु वलि,रामचन्द्र खडका,सृजन जंग वलि, सुर्य बन्जाडे,निकेश गहतराज,नबराज भुषाल ,रबिन डाँगी र हाम्रो व्यवसायी समुहका सम्पुर्ण सदस्यलाई विशेष धन्यवाद छ !

दाजुहरु उदय बहादुर चलाउने(क.दिपक),तिलक पुन,सरोज शाह , एम .बि. देवकोटा प्रती नतमस्तक छौँ ।अग्रज पत्रकार गनेश चिन्तन, राजु लामिछाने,देबेन्द्र बस्नेत र बेनेली मोटरसाइकल शोरुम दाङका सन्चालक सन्जीव पछाईमा हार्दिक नमन छ ।
हाम्रो दिमागको पत्रीका ईन्टरनेटमा उतारिदिने मित्र शिव प्रसाद वलि,कानुनी प्रकृया पूरा गराइदिने अधिवक्ता बिबेक पन्त ,हाम्रो पत्रकारिताको गुरु कपिल काफ्ले , प्रेस काउन्सिल र प्रेस इनिस्टिच्युट नेपाललाई आभार प्रकट गर्दछौँ ।

              अन्त्यमा हाम्रो टिम र पत्रीकालाई विभिन्न कोणहरुबाट यहाँहरु सबैको सदासयता र खबरदारी दुबै प्राप्त हुनेछ भन्ने अपेक्षा गर्छौँ ।

Facebook Comments Box

चौरजहारी नगरपालिका

 चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कर्णाली प्रदेश, रुकुम (पश्चिम)

यो पनि हेर्नुहोस