• ३० बैशाख २०७८, बिहीबार

जहाँ शासकहरुको बास,त्यतै प्रदुषण ;औकात के हो ?

वायु प्रदुषणले बिद्यालय बिदा गर्नुपर्ने स्थितिमा देश पुग्यो ।यो निर्णय सहि या गलत यसको बहस त गर्दै गरौंला ,बहस वायु प्रदुषण घटाउने उपायहरु खोजि गर्ने या बिदा लियर हनिमुन मनाउने भन्नेतिर केन्द्रित गरौँ ।

वायु प्रदुषणको मापक अंक अति खतराको टुप्पोमा पुगिसक्यो ।शुक्रबार काठमाडौं उपत्यकाको वायुको गुणस्तर सूचकांक ४७० सम्म पुगेको थियो । विश्व स्वास्थ्य संगठनले एक्यूआई ३०० भन्दा बढी हुनुलाई ‘घातक’ भनेको छ ।

बिद्यालय बन्द गर्दैमा प्रदुषण घट्ने होइन ।प्रदुषण एक्कासी भएको पनि होइन ,यो दैवी प्रकोप पनि होइन ।यो त बर्षौ देखिको प्रकृति बिरोधी मानव व्यवहारको प्रतिफल हो । हामिले प्रकृतिलाई हिर्कायौँ,उसले हामिलाई सांकेतिक चेतावनी दिएको मात्रै छ ।

प्रकृति बिरुद्ध अत्याचार गर्ने हामी आम मान्छे दोषी भएता पनि मानविय कृयाकलाप द्वारा प्राकृतिक विपत निम्तिनुमा संसारभरका राज्यहरु जिम्मेवार छन ।शक्तिका सम्पुर्ण संयन्त्र प्रयोग गरेर मानवता बिरोधिहरुको संरक्षण गर्नु उनिहरुको कमजोरी हो ।उचित वातावरणिय नीति बनाएर उचित कार्यान्वयन किन नगर्ने शासकहरुले ?

काठमाडौं नै सबैभन्दा बढी प्रदुषित भयो ।जहाँ शासकहरुको बस्ती छ ।प्रदुषण त्यतै बढ्नुले शासकहरुको औकात उदांगो भएन र ?आफुले आफैलाई धनी र सभ्य घोषणा गर्नेहरु नै घरमा थुनिनु पर्ने भयो ।फेरि पनि राज्य बेखबर छ।

वातारणिय सवालमा आज सम्म पनि राज्य र नागरिकहरु कोहि पनि आफ्नो भुमिका पुरा गर्न तयार भएको देखियन ।यो स्थितिले बाताबरण अझै ध्वस्त हुन उद्दत गर्ने छ ।राज्यले वातावरण बिज्ञहरुको सम्मेलनबाट तत्कालिक र दिर्घकालिक निर्णय लिदै तुरुन्त कार्यान्वयनमा जुटोस ।नागरिकहरु सरकारको ध्यान वातावरणिय पक्षमा केन्द्रीत गर्न उन्मुख होउँ ।

Facebook Comments Box

चौरजहारी नगरपालिका

 चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कर्णाली प्रदेश, रुकुम (पश्चिम)

यो पनि हेर्नुहोस