• ३० बैशाख २०७८, बिहीबार

चौरजहारीमा बिद्यालय बन्द नहुने

रुकुम ।     शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालय द्वारा जारी गरिएको चार दिने शैक्षिक बिदा चौरजहारी नगरपालिका अन्तर्गतका बिद्यालयमा नहुने भएको छ ।

चैत १६ मा प्रकाशित शिक्षा,विज्ञान तथा प्रविधी मन्त्रालयको विज्ञप्ती अनुसार बायुमण्डलमा देखा परेको अस्वभाविक परिणामका कारण देशै भर बिद्यालयहरु बन्द हुने भनियको भएता पनि चौरजहारिमा त्यस्तो बातरणिय प्रभाव नदेखियको हुदा चौरजहारी क्षेत्रका बिद्यालयहरु बन्द नहुने निमित्त नगर शिक्षा शाखा प्रमुख टिकाजंग वलिले एक बिज्ञप्ती मार्फत जानकारी दिएका छन ।

चौरजहारिमा त्यस्तो किसिमको वातारणिय प्रभाव देखा नपरेको ,कोभिड – १९ को महामारीको कारणले लामो समय बिध्यालय बन्द रहेको र राष्ट्रपति रनिङ्ग सिल्ड तथा चौथो नगर प्रमुख कप खेलकुद प्रतियोगिता संन्चालन अबधिमा समेत बिध्यालय बन्द गरेका कारण यश नगरपालिका भित्रका सम्पुर्ण शिक्षण संस्थाहरु नियमित संन्चालन गर्न गराउन निर्देशित गरिएको कुरा बिज्ञप्तिमा लेखियको छ ।

Facebook Comments Box

चौरजहारी नगरपालिका

 चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कर्णाली प्रदेश, रुकुम (पश्चिम)

यो पनि हेर्नुहोस