• ३० बैशाख २०७८, बिहीबार

हरित स्वयंसेवक तालिम उदघाटन !

फागुन १७ ,
डिल्लि राज शर्मा
दाङ । दाङमा हरित स्वयंसेवकहरुका लागि चार दिने तालिम संचालन भएको छ । आज एक कार्यक्रम आयोजना गरि तालिम उदघाटन गरिएको हो


हरित स्वयंमसेवकहरुलाई आफ्नो वडाको नमुना कृषक बनाउने उदेश्यले आयोजित तालिम घोराही उपमहानगर पालिकामा स्थित भिंग्रेलि भिलेज रिसोर्टमा यहि चैत १७ देखि चैत २०, करिब चार दिन सम्म संचालन हुने छ । तालिममा दाङ जिल्ला भरिका करिब ४२ जना हरित स्वंयमसेवकहरुको सहभागिता रहेको हरित स्वंयमसेवक संजाल दाङका अध्यक्ष रामचन्द्र खडकाले बताउनु भयो ।

तालिम विभिन्न खेती प्रबिधी ,रोगहरुको व्यवस्थापन र व्यवसायिक योजना निर्माण लगायतका बिषयमा आधारित हुने कृषि ज्ञान केन्द्र दाङका अधिकृत फिर्तुमान चौधरिले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्र दाङको आयोजनामा स्थानिय तहका प्राबिधिक द्वारा हरित स्वंयमसेवकहरुलाई अभिमुखिकरण तालिम कृषि ज्ञान केन्द्रका बालि संरक्षण अधिकृत रुद्रमणी पौडेलको अध्यक्षतामा उदघाटन भएको थियो भने बबई गाउँपालिकाका प्राबिधिक चन्द्रसोभा कँडेल,शान्तिनगर गाउँपालिकाका प्राबिधिक यमकान्त पाण्डे,सु-आहाराका खेतलाल डाँगि र हरित स्वंयमसेवक संजाल दाङका अध्यक्ष रामचन्द्र खडकाको आतिथ्यता रहेको थियो ।कार्यक्रमको सहजिकरण कृषि ज्ञान केन्द्र दाङका अधिकृत फिर्तुमान चौधरिले गर्नुभएको थियो ।

Facebook Comments Box

चौरजहारी नगरपालिका

 चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कर्णाली प्रदेश, रुकुम (पश्चिम)

यो पनि हेर्नुहोस