• ३० बैशाख २०७८, बिहीबार

रुकुम समाजवादको नर्सरी हो -प्रभाकर

 

रुकुममा आयोजित एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका स्थायी कमिटी सदस्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरले रुकुम समाजवादको नर्सरी भएको दावी गरेका छन ।


३२ औँ जनआन्दोलन दिवसको उपलक्षमा आज नेपाल कम्युनिस्ट पार्टी माओवादि केन्द्र रुकुमले आयोजना गरेको आम सभामा बोल्दै जनार्दन शर्माले रुकुमबाट समाजवाद र उत्पादनको बिज हुकिने र केही बर्षमै रुकुमबाट गरिबिले डाँडा काट्ने बताय ।

उनले जन नियन्त्रीत संगठन,पार्टी र सरकारले मात्रै समाजवादको लक्ष्य चुम्न सम्भव भएको ठोकुवा गर्दै कार्यक्रमका प्रमुख अतिथी पार्टी अध्यक्ष प्रचण्डको ध्यान आकर्षण गराएका थिय ।उनले भने प्रचण्ड कमरेडलाई समाजवादको नेतृत्व गर्न सघाउन रुकुम तयार छ ,तपाईले रुकुमबाट समाजवादी बीउ देशका अन्य कुनामा रोप्न निर्देशन गर्नुहोस ।

व्यापक रुपमा उपस्थित रुकुमेली जनताहतु जनार्दनको भाषणमा समर्थनका ताल मिलाइरहेका देख्न सकिन्थ्यो ।भाषणका प्रत्यक शब्दमा ताली र हुटिङको वर्षा सुनिरहेका प्रचण्ड मञ्चमा मख्ख देखिन्थे ।

Facebook Comments Box

चौरजहारी नगरपालिका

 चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कर्णाली प्रदेश, रुकुम (पश्चिम)

यो पनि हेर्नुहोस