• ३० बैशाख २०७८, बिहीबार

साहित्य आकाशमा जुन हरायको रात !

 

-लक्षमण हमाल
साहित्यकार भुपाल रावत को दोस्रो कृति उपन्यास ‘ जुन  हराएको रात” अब केही समय भित्र बजारमा आउने भएको छ ।’जुन हरायको रात’ निम्न वर्गीय परिवारमा हुर्किएका दुई पात्र बिचको प्रेम कथा हो ।


उपन्यासमा पुरुषोत्तम न्यौपाने, कमल मनि देबकोटा, सन्तोष श्रेष्ठ ,पुर्णकला ओलि ,रमित रावत ,प्रबल बिष्ट र कपिल मनिले शुभकामना लेख्नु भएको छ भने यो पुस्तक सम्पादन गित तथा गजलकार प्रबल बिष्टले गर्नु भएको छ ।


र पुस्तकको प्रकाशक रमित रावत हुनु हुन्छ । राज अपसेट प्रेस घोराही दाङमा मुद्रण भैरहेको पुस्तकको बिमोचन मिति केही दिनमा सार्वजनिक गर्ने लेखक भुपाल रावतले जानकारी दिनु भयो ।


रुकुम जिल्लाको सानोभेरी गाउँपालिकामा जन्मिनु भएका साहित्यकार भुपाल रावतको प्रथम कृती गजल संग्रह ०७४ सालमा प्रकाशीत भैसकेको छ ।

तस्बिरमा साहित्यकार भुपाल रावत
Facebook Comments Box

चौरजहारी नगरपालिका

 चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कर्णाली प्रदेश, रुकुम (पश्चिम)

यो पनि हेर्नुहोस