• ११ श्रावण २०७८, सोमबार

चौरजहारिमा पानीको अभाव ;पिठ्युँमा गाग्रीको दबाब

ज्ञान बहादुर खत्री
चैत-३०,रुकुम ।रुकुमको एउटा गाउँमा खानेपानीको चरम अभाव देखियको छ ।महिलाहरु पानीको जोहो गर्न तीन चार किलो मिटर टाढा सम्म गाग्री बोकेर जान बाध्य भएका छन ।

चौरजहारी नगरपालिका वडा नं ११ को नेप्टेकाँडा का करिब ५०/६० घर परिवार पानीको पहुँचबाट वञ्चित हुनु परेको स्थानिय युवा दिपेश वलिले जानकारी दिय ।पटक-पटक खाने पानीको नाममा बजेट ल्याइय पनि दुरुपयोग भएको उनि जिकिर गर्दछन ।

“नगरको बजेटमा एउटा खानेपानी आयोजना०७४ सालमा सुरु भएर ७५ सालमा सकियो ।सुरुका दुई तीन महिना पानी पनि आयो तर अहिले करिब डेर बर्ष भयो धारामा पानी छैन ।कहिले मोटार बिग्रीएको छ ,काठमाडौ पठाएका छौँ त कहिले सोलार बिग्रीएको छ भन्दै समितिले ढाँटिरह्यो । “उनी दुख पोख्छ्न ।

उनी अगाडि भन्छन “सोलार बनाउन करिब ढाई लाख पैशा पनि थपियो तर पनि पानी आयको छैन ।”पिउने पानीकै अभाव देखिय पछि पशु चौपायहरुको स्थिती पनि नाजुक छ ।खासगरी भैंसी पालक किसानहरु हैरान भएका छ्न ।

“मान्छेलाई नै पानी पुर्याउन सकियको छैन ,भैसिलाई के दिने ? खोला सम्म भैंसी लैजाउँ भने भिरको बाटो छ ।कसैले यो समस्या समाधान गरिदिय खुशी हुने थियौँ।”एक स्थानिय वृद्धले भने ।

उता चट्याङका कारण मोटर र सोलार बिग्रीएर प्राबिधिक बोलाई मर्मत प्रकृया थालियको नगर प्रमुख विशाल शर्मा बताउछन ।”यो पम्पिङ प्रणालीमा समस्या हुदोरहेछ,एउटै मोटारलाई २/३ लाख पर्छ ।पटक पटक बिग्रन्छ ,पटक पटक नयाँ किन्न आर्थिक समस्या छ। अब बिजुली पुग्यो भने समस्या कम हुनेछ ।”नगर प्रमुख विशाल शर्माले भन्नुभयो ।

 

नाउली बाट पानी उगाउदैगाउँलेहरु

अचम्म त यो छ,बिग्रीएको करिब डेर /दुई बर्ष सम्म मर्मत प्रकृया चलिरहेको छ ।स्थानिय युवा दिपेश वलि अचम्म व्यक्त गर्दछन ।


तपाइको वरपर समाचार बन्न लायक बिषयहरु छन भने सम्पर्क गर्नुहोस 9842312104

Facebook Comments Box

शितल माध्यामिक विद्यालय

 चौरजहारी -२ रुकुम पश्चिम

Jahari Campus

 Chaujahari-11,Rukum west

नयांँ शहर आयोजना,चौरजहारी

 चौरजहारी-१ रुकुम पश्चिम

चौरजहारी नगरपालिका

 चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कर्णाली प्रदेश, रुकुम (पश्चिम)

यो पनि हेर्नुहोस