• ११ श्रावण २०७८, सोमबार

चौरजहारी डढेलोको घेराबन्दिमा ।

देशभर आगलागीले जंगल ध्वस्त पारेको छ ।रुख बन्यजन्तु डढेर खङ्ग्रङ छन ।सरोकारवाला निकायको पहल कदमी अझै ब्युँउझियको छैन ।

चौरजहारि रुकुममा पनि यस्तै भएको छ ।आगोले चारै तिरबाट घेरेको छ ।दक्षिणमा वडा नं १० र सल्यानको सिमाना मालिका लेक तिरबाट सल्कियको आगो गाउँ पस्दै छ ।पश्चिम दक्षिणमा वडा नं ४ का बस्तितिर ओर्लदै छ।उत्तरमा वडा नं ११ को द्वारे गैरा जंगल र १२ को लिस्नेडाडा सामुदायिक बन सल्किदै उत्तरकै वडा नं ६ सम्म पुगेको छ ।

१२ नं वडामा लागेको आगो स्थानियहरुले निभाउने प्रयत्न गरे ।गत आइतबार दिनभर १२ नं वडाबासी र जनकल्याण माध्यामिक बिद्यालयका शिक्षक बिद्यार्थी लिस्ने डाँडा जंगल बचाउन जोखिम मोलेर आगो निभाउन व्यस्त रहे ।

आगोले जंगलका स-सना रुख,बुट्यान र घाँस सखाप पारेको छ ।ठाउँ ठाउँमा खाने पानीको पाइप समेत जल्दा पिउने पानी अबरुद्ध भएको छ । मानविय क्षति हुन पाएको छैन ,हाल सम्म मानव बस्ती जोगियका छन ।

बर्सेनि आगलागिले जंगल ध्वस्त बनाउछ,मानव बस्ती र घर जल्छन तर कहिल्यै यस्ता मौसमी प्राकृतिक बिपद समाधान तिर राज्यको ध्यान जादैन ।पुर्व तयारी र नियन्त्रण साधनको जोहो कहिल्यै गरिदैन ।                                                                                हुन त शासक जल्नुपर्दैन ,जल्ने जनता हो ।शासकलाई जनताको के पिर ?यस्तै भएको छ चौरजहारी तिर पनि ।

 

Facebook Comments Box

शितल माध्यामिक विद्यालय

 चौरजहारी -२ रुकुम पश्चिम

Jahari Campus

 Chaujahari-11,Rukum west

नयांँ शहर आयोजना,चौरजहारी

 चौरजहारी-१ रुकुम पश्चिम

चौरजहारी नगरपालिका

 चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कर्णाली प्रदेश, रुकुम (पश्चिम)

यो पनि हेर्नुहोस