• ३० बैशाख २०७८, बिहीबार

गोप्य तीन घण्टामा चार बुँदे अपराध !

केपि वलि पार्टी भित्र संकटमा पर्दै गयको पृष्ठभुमि थियो । गत …मा रअ प्रमुख सामन्त कुमार गोयल नेपाल आय,त्यो पनि बिशेष विमान मार्फत ।रअको कुनै पनि प्रतिनिधि नेपाल आउदा नेपालीहरु सशंकित हुन्छ्न ,शंका त त्यसबेला बढ्यो जब गोयल सरासर बालुवाटार छिरे,तीन घण्टा बार्ता गरे अनि सरासर भारत फर्किय ।


गोयल फर्किय पछि वलि विरुद्ध एउटा जनमत बन्यो ,वलिको राष्ट्र्वादको धज्जी उडेको बिश्लेषण सुरु भयो बौद्धिक बजारमा ।”अरु प्रधानमन्त्रीहरु लुसुक्क भारत जान्थे ,आज भारत नेपाल आउन थालेको छ ,यसमा के आपत्ती ?”भन्ने अभिव्यक्ति दियर आफ्नो पक्षमा ठिक डिल गर्न जानेका प्रधानमन्त्री केपि वलिले आफ्नो साँख तत्कालका लागि जोगाय ।


वलिको साँखमा फेरि यतिबेला प्रश्न खडा भएको छ ।भर्खरै मात्र उज्यालो नेट्वर्कले त्यो भेटमा हाम्रा प्रधानमन्त्री र गोयल बिच भएको गोप्य सम्झौता सार्वजनिक गरिदियको छ । त्यसबाट नेपाली जनताको शंकाको घेरा तेस्रो बिन्दुमा उक्लियको छ । यो त लिखित सम्झौता भयो अलिखित अन्य कति बिषयमा वलिले टाउको हल्लाय होलान ? यो यक्ष प्रश्न हो ।


वलि र वलि झुण्डहरुले यो भेटलाई सिस्टचार भेट भनेर दाबी गरे ।तर यो सिस्टाचार भेट होइन ,त्यसका दुई आधार छन : पहिलो प्रोटोकल र दोस्रो भेटको प्रकृति ।यो सन्दर्भमा नेपाल भारत सम्बन्धका जानकार उद्वव प्याकुरेलले त्यही बेला भन्नुभएको थियो “त्यो भेट ‘शिष्टाचार भेट’ हुनसक्थ्यो तर त्यसका लागि नेपालको अनुसन्धान विभागका प्रमुख पनि राखेर कुरा गर्नुपर्थ्यो। तर जसरी भेट भयो, त्यो शिष्टाचारको भेट मात्र थिएन किनभने शिष्टाचारकै लागि जहाज चार्टर गरेर नेपाल आउनुपर्ने पात्र गोयल होइन।”


प्रधानमन्त्री राजनितिक व्यक्तित्व हो ।उसको जनताप्रती उतरदायित्व हुन्छ ।दुई देश बिचका प्रतिनिधि बिच भएको भेटघाट र त्यो बखतमा भएका कुराकानी र सम्झौता बारे नेपाली जनताले आफ्नो प्रधानमन्त्री लाई प्रश्न सोधिरहदा उनले ठिक र साँचो जवाफ दिनु पर्थ्यो ,तर उनले भारत आफू संग झुकेको आडम्बरी जवाफ दिय ।सल्लाहकार र परराष्ट्र मन्त्री समेतले बास्तबिकता लुकाउदै राष्ट्र र जनताको पक्षमा कुरा भएको दावी गरिरहे ।


सम्झौता बाहिरियो ।तर यो केपि वलिको तर्फबाट देशलाई दिइयको सुचना होइन ।रअ आफैले कतै बाट चुहाइदियको हो ।बरु यो सुचनाको चाल भित्र पनि कपट छ त्यो अनुमान गर्न सकिन्छ ।यो सम्झौता देखावटी मात्रै हो ,त्यो वन टु वन बार्ता थियो,त्यो पनि प्रोटोलल मिचियको । त्यहाँ मैले के गरे भने तिमी मेरो सत्ता जोगाइदिन्छौ?सम्मका सहमती भएको सहजै अनुमान गर्न सकिन्छ ।


गोयल र प्रधानमन्त्रीको भेटघाट पछि नेपाली राजनिती पनि अस्वभाविक रुपमा तलमाथी भयो। सिंगो देश एकापट्टी उभिदा पनि वलि डगमगायनन।सायद यहि भेट र सम्झौताले उनलाई हिम्मत दिएको थियो ।


नेपालका लागि तिन घटना शंकास्पद छन ,पहिलो वलिले संसदको हत्याको कोसिस गरे आज फेरि उनै संसदको नेतृत्वमा छन,दोस्रो भारतमा ज्ञानेन्द्र शाहलाई नेपालका औपचारिक नरेशको मान्यता दिदै पबित्र स्नानमा सहभागी गराइयो र तेस्रो यहि बखत गोयल संग वलिको आत्मासमर्पण पत्र उदांगो भयो।यी तीन वटै घटना स्वभाविक छैनन ।नेपालको अस्थिरतामा भारतको चाल निको छैन ।

Facebook Comments Box

चौरजहारी नगरपालिका

 चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कर्णाली प्रदेश, रुकुम (पश्चिम)

यो पनि हेर्नुहोस