• ११ श्रावण २०७८, सोमबार

वलिले छोडेको क्षेप्यास्त्रले एमाले घाइते !

कर्णाली प्रदेशमा महेन्द्र बहादुर शाहिले बिश्वासको मत लियका छन ।माओवादी,काँग्रेस र राप्रपा समेतको योगफलमा पनि बहुमत पुग्न नसक्ने अवस्थामा पनि शाहिले बिश्वासको मत प्राप्त गर्नु चानचुने बिषय पक्कै होइन ।

गत २२ चैतमा एमाले संसदिय दल कर्णाली प्रदेशले प्रदेश सरकारलाई दियको समर्थन फिर्ता लिने निर्णय गर्यो ,२५ चैतमै सरकारमा सहभागी एमाले मन्त्रीहरुले राजिनामा गरे ।माओवादी नेतृत्वको कर्णाली प्रदेश सरकार जोखिममा पर्यो ।

समर्थन फिर्ता लिनु र मन्त्रीहरुले राजिनामा दिनु समान्य बिषय थियन ।यो माओवादिलाई सरकारबाट लखटने योजना थियो ।अलंकारमा भन्ने हो भने माओवादी ध्वस्त पार्ने वलि मिसाइल थियो यो ।

वलिले मिसाइल त छोडे तर त्यसले आफैलाई क्षति गर्यो ।कम्पन त यति बिघ्न भयो कि कर्णालिको बिस्फोटले बालुवाटार नै कम्पायमान भयो ।मुख्य मन्त्री महेन्द्र बहादुर शाहिले समर्थन फिर्ता भएको छोटो समयमै बैसाख ३ गते बिश्वासको मत लिन सफल भए ।एमालेका चार सांसदहरु नै ह्विप अवज्ञा गरेर पनि मुख्यमन्त्री शाहिको पक्षमा उभिय ।

बिश्वासको मत लिनु ठूलो कुरा थियन बरु एमालेकै चार जना सांसदले फ्लोर क्रस गर्नु चाहिँ ठूलो र आश्चार्यजनक थियो ।जम्मा ४० जना सदस्य रहेको कर्णाली प्रदेश सभामा ३७ जनाले आफ्नो मत दिय त्यसमध्य मुख्यमन्त्री शाहिको पक्षमा २२ र बिपक्षमा १५ मत आयो भने राप्रपा सांसद एक र अर्को एक जना यो प्रकृयामा सहभागी नै भएनन ।एक जनालाई भने दल परिवर्तन गरेको आरोपमा माओवादिले सांसद पदबाट निलम्बन गरेको छ ।

फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई बिश्वासको मत दिलाउने सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापा थिय ।”माओवादिले एमालेको बुइ चढेर एमालेकै हत्या गरिदियो ।”एक जना एमाले सांसद बताउनुहुन्छ ।

Facebook Comments Box

शितल माध्यामिक विद्यालय

 चौरजहारी -२ रुकुम पश्चिम

Jahari Campus

 Chaujahari-11,Rukum west

नयांँ शहर आयोजना,चौरजहारी

 चौरजहारी-१ रुकुम पश्चिम

चौरजहारी नगरपालिका

 चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कर्णाली प्रदेश, रुकुम (पश्चिम)

यो पनि हेर्नुहोस