• ३० बैशाख २०७८, बिहीबार

,गोकुल बास्कोटालाई लेखा समितिबाट फिर्ता बोलाउ ! -ट्रान्सप्यारेन्सी इन्टरनेसनेल

दुधको साँचि बिरालो नबनाउ ,गोकुल बास्कोटालाई लेखा समितिबाट फिर्ता बोलाउ ! -ट्रान्सप्यारेन्सी इन्टरनेसनेल
लेखा समिती सम्बन्धि सरकारले लियको निर्णय फिर्ता लिन माग गरिएको छ ।सेक्युरिटी मेसिन खरिद प्रकरणमा मुछियका पुर्व मन्त्री गोकुल बास्कोटालाई लेखा समिती सदस्य नियुक्त गर्ने निर्णय तत्काल फिर्ता लिन ट्रान्सपेरेन्सी इन्टरनेसनलले माग गरेको छ ।

बैसाख ३ मा एउटा बिज्ञप्ती सार्वजानिक गर्दै ट्रान्सप्यारेन्सी इन्टरनेसनलले सो निर्णय फिर्ता लिन माग गरेको हो ।७०करोड घुस मागेको काण्ड छिनोफानो नहुदै गोकुल बास्कोटलाई लेखा समितिमा नियुक्त गर्ने निर्णय सुशासनको विरुद्धमा रहेको ट्रान्सप्यारेन्सी इन्टरनेशनलले जनायको छ ।

गत चैत ३० गते एमाले संसदिय दलको सिफारिसमा पुर्व मन्त्री गोकुल बास्कोटालाई लेखा समिती सदस्य तोक्ने निर्णय गरेको थियो ।सो निर्णयले भ्रष्टाचार बिरुद्धको ‘शून्य सहनशिलता ‘नितिको विरुद्धमा रहेको र प्रधानमन्त्रीको म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने मान्यतालाई खिल्ली उडाएको ठहर ट्रान्सप्यारेन्सी इन्टरनेसनलले गरेको छ ।

Facebook Comments Box

चौरजहारी नगरपालिका

 चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कर्णाली प्रदेश, रुकुम (पश्चिम)

यो पनि हेर्नुहोस