• ३० बैशाख २०७८, बिहीबार

अखिल (क्रान्तिकारि )सल्यानको सम्मेलन स्थगित

अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी)को जिल्ला सम्मेलन स्थगित भएको छ।कोरोना महामारि लगायतका कारण सम्मेलन स्थगित भएको हो ।

आजै एक बिज्ञप्ती सार्वजनिक गर्दै सम्मेलन स्थगित भएको जानकारी अखिल (क्रान्तिकारी )सल्यानका २०औँ जिल्ला सम्मेलन आयोजक समिती संयोजक गणेश क्षेत्री ‘प्रभाकर’ले दियका छन ।

अखिल (क्रान्तिकारी )सल्यान “दलाल संसदिय ब्यबस्थाको असमान शिक्षा प्राणाली विरुद्ध हाम्रो आन्दोलन ! संगठन सुदृढ बिस्तार तथा बैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि २०औ जिल्ला सम्मेलन “भन्ने मुल नाराका साथ यहि बैसाख ५ गते जिल्ला सम्मेलन गर्ने तयारीमा थियो ।

सम्मेलन प्राबिधिक , सांगठनिक कारण लगायत कोरोना प्रभावका कारण बैसाख १३ भन्दा पछाडी सारियको पनि विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments Box

चौरजहारी नगरपालिका

 चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कर्णाली प्रदेश, रुकुम (पश्चिम)

यो पनि हेर्नुहोस