• १ असार २०७८, मंगलवार

दिपशिखा कलेजको ‘सरसफाइ सचेतना अभियान’

दिपशिखा कलेज घोराही दाङका बिद्यार्थिहरुले समाजिक उत्तरदायित्व अन्तर्गत दाङको पर्यटकिय स्थल घोडदौडामा सरसफाई सचेतना कार्यक्रम गरेको छ ।

“स्वच्छ वातावरण ,स्वस्थ जीवन “भन्ने नाराका साथ सुरु गरियको सचेतना कार्यक्रममा दिपशिखा कलेजमा बि.बि.एस चौथो बर्ष अध्यनरत बिद्यार्थिहरुको उत्साहपुर्ण सहभागिता रहेको थियो ।

दिपशिखा कलेजले पर्यटकिय स्थलको सरसफाइ कार्यक्रम राखिदिएकोमा स्थानियहरुले खुशी व्यक्त गरेका थिय ।कार्यक्रममा घोडदौडा क्षेत्रको सरसफाई र सरसफाइ सम्बन्धि अभिमुखिकरण सभा गरियको थियो ।

शनिवार आयोजना गरियको सचेतना कार्यक्रममा बोल्दै दिपशिखा कलेजका क्याम्पस प्रमुख .. ले यस्ता कार्यक्रम ग्रामीण क्षेत्रका गाउँठाउँ तथा मठ मन्दिरमा निरन्तर सञ्चालन गर्ने योजना भएको बताय ।

 

Facebook Comments Box

चौरजहारी नगरपालिका

 चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कर्णाली प्रदेश, रुकुम (पश्चिम)

यो पनि हेर्नुहोस