• १ असार २०७८, मंगलवार

कोरोना नियन्त्रणका लागि सरकारलाई प्रभाकरका ६ प्रभावकारी सुझाब !

 

पुर्व गृहमन्त्री तथा नेकपा माओवादी केन्द्रका चर्चित नेता तथा सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले कोरोना नियन्त्रणका लागि प्रभावकारी ६ सुझाब नेपाल सरकारलाई दियका छन ।

सरकारको ध्यान आकर्षण होस भन्दै एउटा लामो फेसबूक स्टाटस मार्फत जनार्दन शर्माले आफ्ना सुझाबहरु दियका छन ।जनार्दन शर्मा आफ्ना जिम्मेवारीलाई कुशलतापुर्वक निर्वाह गर्न सक्ने छवि भएका नेता हुन।


सुुुुझाव :                           कोभिडको बिश्वब्यापी महामारी संगै नेपालमा पनि गम्भीर समस्या उत्पन्न भएको अवस्थामा उपचारका लागि आइसियु,अक्सिजन र कतिपय स्थानमा डाक्टर समेतको अभाव भइ उपचारमा गम्भीर समस्या पैदा भैरहेको छ ।                                                                                                          डाक्टर तथा स्वास्थ्यकर्मीहरुले उपचारमा महत्त्वपूर्ण भुमिका खेलिरहेको भएपनी कतिपय क्षेत्रमा डाक्टर र स्वास्थ्यकर्मीहरु सक्रिय बनाउनु पर्ने आवश्यक छ ।
देशका कतिपय अस्पतालमा ओपीडी सेवा समेत बन्द रहेका छन् यो अवस्थामा म सरकारको गम्भीर ध्यानाकर्षण गर्दै निम्न कामहरू तत्काल कार्यान्वयन गर्न माग गर्दछु ।


 १) देश भरका सरकारी तथा निजि सबै अस्पताल संग भएको उपचार क्षमताको आकलन गर्ने । अस्पतालका सञ्चालक तथा डाक्टरहरु संग सहकार्य गरि ७०% कोभिड उपचारको लागि छुट्याउने ।


२) अक्सिजन प्लान्टहरु सुचारु गर्ने,सुचारु नभएका भए राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महाबिर पुनको सहयोगमा सञ्चालन तथा मर्मत गर्न ।


३) महामारीलाई ध्यान दिई अक्सिजन र सम्बन्धित औषधि(Inj Remdesevir 100 mg) सरकारले सबै जिल्ला अस्पतालमा पठाउने । सबै पालिकाहरुमा सामान्य बिरामीको अक्सिजन सहितको उपचारको व्यवस्था गर्न आवश्यक बजेट पठाउने ।


४) देशभर उपलब्ध डाक्टरहरुले संख्या कति छ एकिन गरि कर्णाली,सुप जस्ता दुर्गम क्षेत्र सहितका सबै आवश्यक स्थानमा व्यवस्थापन गर्ने ।


५) आइसियु इकुमेन्ट, अक्सिजन प्लान्ट लगायतका इकुमेन्टहरु हवाई मार्ग मार्फत तत्काल ल्याइ महामारी नियन्त्रणमा प्रयोग गर्ने सक्ने वातावरण बनाउने ।


६) महामारीको जोखिम मोलि काम गर्ने डाक्टर लगायत जोखिमका क्षेत्रहरुमा काम गर्ने सबैका लागी १००% जोखिम भत्ता उपलब्ध गराउने।

Facebook Comments Box

चौरजहारी नगरपालिका

 चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कर्णाली प्रदेश, रुकुम (पश्चिम)

यो पनि हेर्नुहोस