• १ असार २०७८, मंगलवार

बिप्लव नेकपाको केन्द्रिय समिती बैठक : संगठन र कार्यनितिमा व्यापक हेरफेर !

 

बिप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टिले आफ्नो १० औँ पुर्ण बैठकबाट संगठन र कार्यनितिमा दुरगामी महत्वका निर्णयहरु गरेको छ ।

बैसाख ९ देखि १४गते सम्म कपिलवस्तुमा बसेको केन्द्रिय समितिको बैठकले संगठनमा ब्युरोको संरचना खारेज गरेको छ भने केही ब्युरो सदस्यहरुलाई केन्द्रिय समितिमा थप गरियको छ ।

पार्टि जिल्लाको इन्चार्ज केन्द्रिय समिती सदस्यले मात्रै गर्न पाउने निर्णय गर्दै जिल्ला इन्चार्जको जिम्मेवारीमा पनि व्यापक हेरफेर गरेको छ ।

पार्टिले अबको कार्यनिती प्रगतिशिल संयुक्त सरकार र जनमतसंग्रह ठोस गरेको छ ।पार्टी महासचिव बिप्लवले प्रस्ताव गरेको राजनितिक प्रतिवेदनमा अग्रगामी निकासका लागि सबै पक्षहरु संग संवादन गर्ने भनिएको छ ।

 रणनीतिक मोर्चालाई प्रभावकारि बनाउदै क्रान्तिकारी ध्रुवीकरणमा जोड दिने पार्टिको नीति रहेको एक नेताले बताय ।त्यसका लागि पार्टिले “क्रान्तिकारी एकता र ध्रुवीकरणमा जोड दिउँ,जनसम्बन्ध सहित सुदृढ पार्टी निर्माण गरौँ “भन्ने नारा सहितको चार महिने अभियान घोषणा गरेको छ ।

 

Facebook Comments Box

चौरजहारी नगरपालिका

 चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कर्णाली प्रदेश, रुकुम (पश्चिम)

यो पनि हेर्नुहोस