• १ असार २०७८, मंगलवार

मुख्यमन्त्रीको राजिनामा,को बन्लान त नयाँ मुख्यमन्त्री ?

बैसाख १९ दाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दियका छन ।आफू विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको १३ दिनपछी मुख्यमन्त्री पोखरेलले आज आइतबार राजिनामा गरेका हुन ।

           अविश्वास प्रस्तावमा आजै छलफल सुरु हुन लागेको अवस्थामा मुख्यमन्त्रीले प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादव सामु राजिनामा बुझायका हुन ।

                  ०७४ फागुन ३ गते मुख्यमन्त्री बनेका पोखरेलले बैसाख ६ गते आफ्ना विरुद्ध अविश्वासको प्रस्ताव आयपछी सरकार टिकाउन जसपाका चार जना सांसदलाई मन्त्री नियुक्त गरेका थिय ।

           अविश्वासको प्रस्तावमा माओवादी केन्द्रका सांसद कुल बहादुर केसि सोनामलाई मुख्यमन्त्री प्रस्तावित गरियको छ ।

           मुख्यमन्त्रीको राजिनामा पछि एमालेका सांसदहरु के गर्लान ? के कुल बहादुर नै मुख्यमन्त्री बन्लान ?यी दुई प्रश्न जोडतोडले उठिरहेका छन ।

Facebook Comments Box

चौरजहारी नगरपालिका

 चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कर्णाली प्रदेश, रुकुम (पश्चिम)

यो पनि हेर्नुहोस