• १ असार २०७८, मंगलवार

‘कोभिड रोगको महामारी होइन लुटको महामारी हो’:कोभिड भित्रको लुट !

सिद्धान्त पण्डित                                                                   बैशाख २१ रुकुम ।कोभिडको औषधि नै बनेको छैन ।तर अस्पतालमा दैनिक हजारौँ जनाको भिड लाग्छ कोभिडको नाममा ।अस्पताल र डाक्टरहरु दैनिक हजारौँ रुपैया को औषधि किन्न लगाउछन।एकातिर औषधि छैन ,अर्को तिर दिनमै हजारौँको बिल ?उपचार बाट फर्किदा व्यक्ती लाखौँ ऋणमा डुबिसकेको हुन्छ । यो कस्तो षड्यन्त्र ?

            संसारमा रोगको महामारी होइन,लुटको महामारी चलेको छ।यो भनाइलाई पुष्टि गर्ने तथ्यहरु छ्न ।केही प्रतिनिधि तथ्य हामि प्रस्तुत गर्दछौँ ।

घटना १                                रुकुम पश्चिमका बिशेष वलि( नाम परिवर्तन )को श्रीमतीको डेलिभरी थियो ।अप्रेसन गरेर जन्माउनुपर्ने भएपछि कोहलपुर अस्पताल जानुभयो ।बच्चा जन्मियो तर आमालाई कोभिड देखाईदियो,बिषेश वलि पनि कोभिड संक्रमित हुनुभयो । बा -आमा संक्रमित तर भर्खरै आमाको कोख बाट जन्मियको बच्चा स्वस्थ!कस्तो अचम्म ?

         कोभिड हाँच्छ्यु गर्दा ,हात मिलाउदा समेत सर्दैन र ? अनि सालनाल जोडियको बच्चा र आमा एउटा संक्रमित अर्को स्वस्थ यो कस्तो खाले भ्रम हो? यो त एउटा प्रश्न भो,अर्को के भने विशेष र उहाँकी श्रीमती अस्पतालमै आइसोलेसनमा बसेर उपचार गराउन थाल्नु भो ,बच्चालाई माइतीको जिम्मा लगायर पठाइदिनु भयो ।

      तीन दिन बित्यो ,अस्पतालमा अप्रेसन गरेको घाउ सम्म सफाई नगर्दिने तर कोभिडको दैनिक १२/१५ हजारको औषधि किन्नु पर्ने र आफू संग पैशा सकियपछी उहाँ निस्कन खोज्नुभयो ,र आफुलाई डिस्चार्ज गर्न आग्रह गर्नुभयो ।

         डाक्टरहरुले किन मान्थे?मानेनन । कोभिडको पूरा उपचार गरायर जानुपर्ने ,बिचैमा जान नपाइने डाक्टरहरुको तर्क थियो ।उहाँले एउटा गजब तर्क गर्नुभयो “कोभिडको कुनै उपचार छैन भनेर आतंकित पार्ने पनि तपाईंहरु ,दैनिक १२/१५ हजारको औषधि किनाउने र पूरा उपचार गराउनुस भन्ने पनि तपाईंहरु ? यो के षडयन्त्र हो ? कि त उपचार छ,औषधि छ भनेर दुनियाँलाई आतंक मुक्त पार्नुस होइन भने औषधि किनायर नलुटनुस ,म संग पैशा छैन म जान्छु ।”

         डाक्टरले जुन जवाफ दिय त्यो सुन्दा कोभिड भ्रमको जालो उघारियो उहाँ भन्नुहुन्छ ।”औषधि त छैन,तर कोभिडको कारण ज्वरो आयो ज्वरोको,मुटु दुख्यो मुटुको,फोक्सो दुख्यो फोक्सोको औषधि चढायका छौँ कोरोनाको औषधि त कहाँ हुनु ?”डाक्टरको जवाफ थियो यो ।

                  कोभिडका लक्षण र आक्रमण दुवै हालसम्म पत्ता लागेकै उपचार बिधिले काम गर्दोरहेछ ,होइन र ?त्यसो हो भने यति ठूलो आतंक सृजना गरेर किन दुनियाँलाई रोग,भोक र शोकको सिकार बनाउने ?यो यक्ष प्रश्न हो ।

                उहाँ अस्पतालबाट फर्किनुभयो ।”अस्पतालमा ठूलो लुट छ ।अनावश्यक औषधि किनाउँछन ।खाना पानीको समस्या त छदैछ ।कोभिड संक्रमित भएर अस्पताल जो जान्छ मृत्यु उसैको हुने हो ।त्यहाँ लापरबाही छ ,बरु घरैमा आयुर्वेदिक र वैदिक उपचार राम्रो।”उहाँको गुनासो छ ।

घटना-                        काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिडका प्रत्यक बिरामिलाई रेम्डिसिभिर नामको औषधि भोलि सर्टेज हुन सक्ने भन्दै एकै जनालाई एकै पटकमा ६ पटक सम्म बेचेको रिपोर्ट यो हो एच डि टिभी सम्प्रेषण गर्यो ।जब कि रेम्डिसिभिर कोभिडका लागि नकाम भन्दै विश्व स्वास्थ्य संगठनले समेत ब्यान्ड गरिदियको छ।

यी दुई घटनाले कोभिड लुटको षडयन्त्र हो भन्ने आशंकालाई बल पुर्याउछन ।यस्ता बिषयमा राज्यको मौनता र जनजीवन प्रती राज्यको उदासिनता हेर्दा कोभिड षड्यन्त्रको मतियार राज्य पनि हो भन्न असहज हुदैन ।राज्यले महामारीको उपचार त आफ्नो ढुकुटीबाट गर्दैन,लकडाउन अबधिमा जीविकोपार्जनका प्याकेज पनि ल्याउदैन यस्तो अबस्थामा यो सत्ता र सरकार के समाजवाद उन्मुख छ भनेर मान्दिनै पर्ने बाध्यता छ ?

Facebook Comments Box

चौरजहारी नगरपालिका

 चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कर्णाली प्रदेश, रुकुम (पश्चिम)

यो पनि हेर्नुहोस