• १ असार २०७८, मंगलवार

भारतमा चट्याङ लागेर ठेगाना खुल्न नसकेका एक नेपाली युवकको मृत्यू ,आफन्त सम्म पुर्याइदिन आग्रह !

सोमबार भारतमा एक नेपाली युवकको मृत्यु भएको छ ।भारतको हिमांचल प्रदेश को रामपुर मासुनमा मजदुरी गर्दै आयका नेपाली युवकको चट्याङ लागेर मृत्यू भएको हो ।

पानी छल्न रुखमुनि ओत लागेका दाङ स्थायी घर भएका विशाल पुनलाई चट्याङ लाग्दा घटना स्थलमै मृत्यु भएको छ ।लास पोस्टमार्टम गरि दाहासंस्कार समेत भैसकेको मृतक संगै काम गर्ने सल्यानका युवक विशाल भण्डारीले जानकारी दियका छन ।

मृतकको घर दाङ घोराही भए पनि दाङ कहाँ हो थाहा नभएको र उनका परिवारका सदस्यको नम्बर पत्ता लगाउन नसकेको हुदा परिवार सम्म यो खबर पुर्याइदिन उनले आग्रह गर्दै “घोराहिको सिमेन्ट फ्याक्ट्री नजिकै घर हो भन्थ्यो तर वडा नम्बर कति हो थाहा पाउन सकियन”उनले बताए।

Facebook Comments Box

चौरजहारी नगरपालिका

 चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कर्णाली प्रदेश, रुकुम (पश्चिम)

यो पनि हेर्नुहोस